२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकैदिन १६ करोड १६ लाखको साढे ४ हजार थान असर्फी बिक्री

अ+ अ-

काठमाडौँ । धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री गरेको छ । 

गुणस्तरीय सुन अभावमा यसपटक मंगलबार मात्रै ४ हजार ५ सय २० थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरेको राष्ट्र बैंक टक्सार विभागले जानकारी दिएको छ । २.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो ।

यस वर्ष राष्ट्र बैंकले २.५ ग्रामको मात्र असर्फी बिक्री गरेको थियो । प्रतिव्यक्ति एक थानका दरले एक दिन मात्र उक्त असर्फी बिक्री गरिएको थियो ।

कात्तिक १३ गते चाँदीका सिक्का (मेडालियन) भने १३ हजार ६ सय थानमात्र बिक्री भएको छ । राष्ट्र बैंकले चार प्रकारको सिक्का बिक्री गर्दै आएको छ । जसअनुसार लक्ष्मी अंकित मेडालियन ३ हजार ३ सय थान (५७ लाख ५७ हजार ४ सय रुपैयाँ), गणेश अंकित मेडालियन २ हजार ६ सय थान (३९ लाख ३५ हजार ५ सय रुपैयाँ), गजलक्ष्मी अंकित मेडालियन २ हजार ९ सय थान (३७ लाख ३७ हजार ८ सय रुपैयाँ), गाई अंकित मेडालियन २५ ग्रामको २ हजार ३ सय थान (६९ लाख ४ हजार रुपैयाँ) र गाई अंकित मेडालियन १० ग्रामको २ हजार ५ सय थान (२५ लाख १४ हजार ६ सय रुपैयाँ) सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

धनतेरसलाई लक्षित गरी राष्ट्र बैंकले कात्तिक ११ देखि असर्फी र सिक्का बिक्री सुरु गरेको हो । चाँदीको सिक्का आजसाँझसम्म बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस