२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला पुगेर ‘प्रचण्ड’ले भने-प्रधानमन्त्रीले भ्रष्टाचारलाई प्रश्रय दिएको पुष्टि भयो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् । सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मुद्दा लागेका व्यक्तिबाट जग्गा दान लिएर प्रधानमन्त्री आफैँले पुष्टि गरेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैले पुष्टि गरेको स्थिति छ’, ‘प्रचण्ड’ले भने, ‘तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेला सम्म हामीले खासै विरोधका कार्यक्रम गरेका थिएनौ छैनौँ ।’

उनले सरकारको सय दिन कट्ने बित्तिकै विरोध गर्ने पनि बताए । ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’, ‘प्रचण्ड’को भनाई छ । आजै विपक्षीका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम सुरु गर्ने ‘प्रचण्ड’को भनाइ छ ।

‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले समस्या समाधान र आर्थिक सम्मृद्धिका पक्षमा अन्तर्राष्ट्रिय रूपमा पनि इज्जत बढाउन संयुक्त राष्ट्रसंघदेखि छिमेकी देशसँग महत्त्वपूर्ण सहमति समझदारी गरेको बताए । आफूले आर्थिक, सामाजिक न्यायसहित र भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि बुढानीलकण्ठ र बालकोटमा भूकम्प गएको भन्दै ‘प्रचण्ड’ले त्यो देखेर एमाले काँग्रेसले आफ्नो नेतृत्वको सरकार हटाएको बताए ।