काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय कार्यालयमा भिड लागेको छ।
सहकारी ठगीमा लामिछानेविरुद्ध शुक्रबार अपराह्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो।
लामिछानेविरुद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो।
शुक्रबार बिहानदेखि नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुने चर्चा थियो। नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पनि यसबारे कुराकानी भएको थियो।
प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएपछि रास्वपा सभापति लामिछानेसहित नेताहरू पार्टी केन्द्रीय कार्यालय चमति पुगेका थिए। उनीहरू अहिले पनि पार्टी कार्यालयमै छन्।
लामिछानेलाई पक्राउ गर्न प्रहरी पनि रास्वपा कार्यालय पुगेको छ।
पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न उनले अनुरोध गरेका छन्।
सम्बन्धित समाचार : रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
सम्बन्धित समाचार : सरकार मर्यो, हामीलाई जुठो पर्यो : रवि लामिछाने
सम्बन्धित समाचार : रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी तैनाथ