२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

अ+ अ-

काठमाडौँ। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका  र जमरा लगाइ दिएका थिए ।  यस्तै संघका पदाधिकारीले खेलाडीहरूलाई दशैँको टीका समेत लगाइदिए ।

पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्बेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले पहिलो सेट टाइब्रेकमा २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने उज्वेकिस्तान खेफमा हाबी बन्यो र २५-१०, २५-१६, २५-२० ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

६ टोली सहभागी प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहेर च्याम्पियन बन्यो । लिग चरणमा उज्वेकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको थियो ।

लिग चरणमा पनि नेपाल उज्बेकिस्तानसँग पराजित रहेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो । तुर्कमिनिस्तानले रोमाञ्चक खेलमा किर्गिस्तानलाई २३-२५, २३-२५, २५-२०, २५-२३, १५-१३ ले हरायो ।

आयोजक श्रीलंका पाँचौँ भयो । प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र मालदिभ्सको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस