२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैंको बेला फोन अफ नगर्न कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनैपनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजना गरिएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिए।

उनले भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुँने चिज हो। चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नू होला।’ सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्ने तर्फ ध्यान दिँदै हामीले नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरू नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरे ।

मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ। यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ।’

काठमाडौँ उपत्यकामा हिजोदेखि वितरण गरिएको मेलम्चीको पानी कुन-कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ, सो विषयमा निरन्तर अनुगमन गरी पानी वितरण कार्य सुचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस