बजार व्यवस्थापनमा चुनौती छ : कृषि सचिव खराल « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बजार व्यवस्थापनमा चुनौती छ : कृषि सचिव खराल


२८ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताएका हुन् । उनले भने, “बिचौलियाको समस्या छ । उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ ।”

बैठकमा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्ने विषयका सम्बन्धमा छलफल चलेको थियो ।

सचिव डा. खरालले कृषि क्षेत्रमा बजेट र लगानीको आवश्यकता रहेको औँल्याए । उनले भने, “कृषि क्षेत्रलाई अझै रोजगारीमूलक बनाउनुपर्ने छ । नगदे बाली निर्यात गर्न सक्षम छौँ, यसमा हामीले प्राथमिकता पनि दिएका छौँ, अलैँची खेती त्यसको  राम्रो उदाहरण हो ।”

बैठकमा सांसद बिजुला रायमाझीले रासायनिक मलबाट मानव जीवन र जलवायु परिवर्तनमा प्रतिकूल असर परेकाले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने बताइन् । सांसद सम्झना थपलियाले वास्तविक किसानले अनुदान पाउन नसकेका विषयमा ध्यानाकर्षण गराएकी थिइन् ।  

सांसदहरू अमृतलाल राजवंशी, सूर्यकुमारी श्रेष्ठ, सरस्वती सुब्बा, सूर्यप्रसाद ढकाललगायतले व्यावसायिक खेती, किसानलाई सहुलियत कजा, उत्पादन वृद्धि गर्ने सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस