राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थ मन्त्रीको निर्देशन « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थ मन्त्रीको निर्देशन


२७ भाद्र २०८१, बिहिबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभई अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको पौडेलको भनाइ छ ।

कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने पनि उनले बताए ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे-जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदि हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरूलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरूलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनुभयो भने पुग्छ ।’

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । सरुवा, बढुवाको प्रस्ताव लिएर नआउन पनि उनले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस