काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् ।
सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको थियो । छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् ।
‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुन सकेको छैन भन्ने मलाई पनि लागेको छ’, उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्मा म अघि बढाउनेछु ।’ उनले निर्णायक पदहरूमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषदमा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ ९राजदूत सिफारिस० पनि १७ जनामा दुई जना देखा पर्नु भएको छ ।’