काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को फेसबुक स्ट्याटस डिलिट भएको छ । सचिवालय स्रोतका अनुसार धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर साहको पेजको स्ट्याटस हटाएको हो।
मेयर साहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।
सम्बन्धित समाचार : एमाले सांसद कहिले पक्राउ गर्ने भन्दै प्रधानमन्त्री ओलीलाई बालेनले दिए दबाब








