२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित राजदूत तिमिल्सिनाले भने-मलेसियाबाट प्रधानमन्त्रीस्तरको भ्रमण भए नेपाली श्रमिकलाई फाइदा हुन्छ

अ+ अ-

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियाबाट गृहमन्त्री नेपाल आउन लागेको भन्ने जानकारी आइरहेको बताउँदै प्रधानमन्त्रीको तहमै भ्रमणको पहल गर्ने बताए ।मलेसियाबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्न सकिए त्यहाँ कार्यरत नेपाली मजदुरलाई फाइदा हुने तिमिल्सिनाको भनाइ थियो । मलेसियाबाट उच्च स्तरको भ्रमणका लागि पहल गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

‘मलेसियाबाट उच्च तहको भ्रमण हुन सके, गृहमन्त्री तहको भ्रमणमा उनीहरूको चासो रहेको सुनेको छु, ‘उनले भने, ‘तर, प्रधानमन्त्रीको तहमा भ्रमण गर्न सक्यौँ भने, जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रूपमा मानिँदो रहेछ ।’ मलेसियासँग कस्तो नीति बनाउने भन्ने कुरालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने पनि तिमिल्सिनाको भनाइ थियो ।

नेपाली राजदूतका लागि मलेसिया अहिले अप्ठ्यारो समय रहेको पनि तिमिल्सिनाले बताए । ‘म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन( म कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसैले सरकारले सहयोग गर्नुपर्छ, ’उनले भने ।

मलेसियामा नेपाली श्रमिक लैजान प्रक्रियामा बिचौलियाहरूले भूमिका खेलेकाले ‘फ्री भिसा फ्री टिकट’को सहुलियत श्रमिकले लिन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस