काठमाडौँ । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ । अहिले उनी समितिको बैठकमा पुगिसकेका छन् । उनीसँग समितिले सहकारी विशेष गरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे बयान लिइने छ ।
समितिले यही भदौ १६ भित्र छानबिन प्रतिवेदन पेस गर्नुपर्नेछ ।







