काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर गरेको छ ।
शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै आयोगले आज (शुक्रबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो। साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए। अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।