२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन् ।

आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन् ।

‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।

नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृह मन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए । ‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु । त्यो अर्थ मन्त्रालयमा गाको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरूको सहमति पछि त्यो संसदमा जान्छ ।’

उनले प्रहरी सम्बन्धी संघका ऐनहरूमा संशोधन परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए ।

प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रूप पाउने बताउँदै उनले मधेस प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।