काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरिएको हो ।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
साउन १ गते अख्तियारलेको टोलीले प्राविधिक अधिकृत मोहनसिंहबाट ४ लाख १२ हजार नगद र प्राविधिक सहायक अशोकको नाममा काटिएको दुई लाख ५५ हजार (दुई थान चेक) ९ लाख १२ हजारसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले उनीहरूलाई ९ हजार १२ लाख बिगो कायम गरी सजायको माग गरिएको अख्तियारले जनाएको छ।