२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ खर्ब नाघ्यो शोधनान्तर बचत

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नाघेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०-८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति-संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको भुक्तानी सन्तुलित ५ खर्ब २ अर्ब ४९ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापार करिब स्थिर जस्तै हुँदा रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले शोधनान्तर बचत सँगै चालु खाता बचत पनि उच्च दरमा बढेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । गत आर्थिक वर्षमा अझै बढेको हो । गत आसारमा अमेरिकी डलरमा शोधनान्तर बचत ३ अर्ब ७७ करोड छ ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा नै भएपनि चालु खाता घाटामा थियो । उक्त वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति-संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्छ ।

गत आर्थिक वर्षमा पुँजीगत ट्रान्सफर २२।९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो लगानी ६ अर्ब १७ करोड मात्रै थियो ।

प्रतिक्रिया दिनुहोस