आफ्नो नामको फेक एकाउन्ट बन्द गर्न साइबर ब्युरोलाई सुनिताको पत्र « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफ्नो नामको फेक एकाउन्ट बन्द गर्न साइबर ब्युरोलाई सुनिताको पत्र


३० श्रावण २०८१, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेकी छन् ।

यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरू बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलको सचिवालयले ब्युरोलाई पुनः पत्र लेखेको हो ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमले साइबर ब्युरोमा पठाएको पत्रमा भनिएको छ ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजबाट महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने काम गरिरहेको भन्दै ती पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।

‘अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी-बहिनीहरुको चरित्रहत्या गर्ने जस्ता कार्यहरू बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी-बहिनीहरुले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस