२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा उत्पादनशीलतामा जोड दिँदै राष्ट्रिय युवा सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचानमा युवाहरूमा राष्ट्रिय भावना जागृत गराउन कार्यक्रमको खाँचो भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पारेर युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्र संघको आयोजनामा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । ‘दिनानुदिन विदेश पलायन हुने युवा शक्तिलाई स्वदेशमा रोकेर राष्ट्र निर्माणमा लगाउने कार्यक्रमको खाँचो छ उनले भने ।’

यस्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विकासोन्मुख देशमा मानिसहरू श्रम शक्तिभन्दा बाहिर रहन नसक्ने बताउँदै नेपालमा श्रम शक्तिको सहभागिता ७७ प्रतिशत रहेको उल्लेख गरिन्।

‘वैदेशिक रोजगारीबाट प्राप्त भएको रकमको उपयोगिताका कोणबाट अवस्था निराशाजनक छ। २८ प्रतिशतभन्दा धेरै विप्रेषण घरजग्गामा लगानी हुनु यसको उदाहरण हो।’ युवाहरूको क्षेत्रगत सहभागिताका विषयमा कुरा गर्दै उनले भनिन्, ‘विभिन्न निर्वाचनमा २१ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा निर्वाचित हुन राजनीतिक सहभागिताका कोणबाट महत्त्वपूर्ण पक्ष हो ।’

यसै गरी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय समृद्धिमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए । यस्तै संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हना सिङ्गर हमडीले साझेदार बिचको सहकार्यबाट दिगो विकास लक्ष्यमा युवा सहभागिता गराउन सकिने धारणा राखे ।

नेपालले संवैधानिक प्रावधान, राष्ट्रिय युवा नीति र दृष्टिकोण २०२५ मार्फत राष्ट्रको परिवर्तनको संवाहक मानेको छ। आउँदो सेप्टेम्बर महिनामा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले ‘समिट अफ द फ्युचर’ आयोजना गर्दैछ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले पछिल्लो ४ वर्षमा युवाहरूका लागि श्रम बजार सुधार भएको तंथ्याक उल्लेख गरेको छ। युवाका लागि विश्वव्यापी रोजगारीको अवस्था’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कोभिड महामारीका कारण खुम्चिएको बजारमा सुधार आएको जनाएको हो।