२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

अ+ अ-

गलकोट (बागलुङ) । चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । 

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ । 

चालु आर्थिक वर्षमा रु २७ लाख सङ्घीय सरकार र रु १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ । असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ । 

विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो । 

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगेको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताए । 

विसं २०४७ मा रु ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किँदै गएको छ । 

ढुङ्गा माटोको मन्दिरलाई पुन:र्निर्माण ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ । मन्दिरको क्षेत्रफल बढाउन रु ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनः निर्माण गर्न सुरु गरिने बताए । 

“मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई रु एक करोड माग गरेका थियौँ, बजेट जम्मा रु २७ लाख आयो, प्रदेशले रु १० लाख विनियोजन गरेको छ”, ढकालले भने, “लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्धारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्धारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ ।” बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । 

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताए । 

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र  व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् ।