विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी


२४ श्रावण २०८१, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । अदालतले कपिल आचार्य र भक्तबहादुर पुनको पक्षमा प्रारम्भिक आदेश गरेको हो ।

सुनलकुमार पोखरेलको एकल इजलासले बिहीबार विपक्षहरूको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले साउन १८ गते नेपाल विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै यसअघि दुवै जनालाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेपछि हटाएको हो ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ । सञ्चालक समिति सदस्यहरूको पदावधि ४ वर्षको हुने व्यवस्था छ तर सरकारलाई चित्त नबुझे हटाउन सक्ने व्यवस्था पनि रहेको छ ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानून विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई हटाएको थियो ।

उनीहरूलाई हटाएर ऊर्जा मन्त्रालयले १८ गते नै पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस