राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज


२४ श्रावण २०८१, बिहिबार


काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सरकारले तत्कालीन मुख्य सचिव शंकरदास बैरागीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर नियुक्त गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद समेत खारेज हुने गरी उक्त निर्देशिका खारेज गरेको हो ।

वैरागीले साउन ९ गते नै पदबाट राजिनामा दिईसकेको एक साता पछि मात्रै सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार : शंकरदास बैरागीले दिए राजीनामा

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तत्कालीन मुख्य सचिव बैरागीलाई राज्यमन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर अहिले निलम्बनमा रहेका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सचिव पदबाट अवकाश जानु केही दिन अघि मात्रै मुख्यसचिव नियुक्त गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस