आन्दोलित दलहरूलाई धरानका मेयर साम्पाङले बोलाए वार्तामा  « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आन्दोलित दलहरूलाई धरानका मेयर साम्पाङले बोलाए वार्तामा 


२४ श्रावण २०८१, बिहिबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् । बिहीबार दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए ।

तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए । धरानको समग्र विकास निर्माण, धरानको समस्या समाधान र दीर्घकालीन योजनाबारे दलहरूसँग खासै सहकार्य, समन्वय र सम्बन्ध बनाउन हिचकिचाउँदै आएका मेयर साम्पाङले बिहीबार दिउँसो सम्बोधन गरेका थिए । 

उनले आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै भने, ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आउँदो आइतबार ११ बजे १० दलका एक(एक जना प्रतिनिधि वार्तामा आउने गरी तपाईँहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहन्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’

सामाजिक सञ्जालमा दलहरूप्रति खरो टिप्पणी लेखेर विवादित हुँदै आए पनि प्रत्यक्ष सम्बोधनमा भने उनले सकारात्मक भनाई राखे । उनले आफ्नो छोटो भनाइमा कसैलाई पनि कटाक्ष नगरी वार्तामा आउन आव्हान गर्नु नै ठुलो कुरा भएको केही बुद्धिजीवीहरूले बताए । 

गत साउन १ गतेदेखि लागू हुने गरी धरान खानेपानी व्यवस्थापन बोर्डले महसुल र शुल्क वृद्धि गरेपछि दलहरूले संयुक्त संघर्ष समिति गठन गरेका थिए । उनीहरूले महसुल यथावत् कायम राख्न र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको निर्देशन अनुसार गर्न भन्दै आन्दोलन चर्काएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस