मधेशमा नवनियुक्त ५ राज्यमन्त्रीले लिए शपथ « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेशमा नवनियुक्त ५ राज्यमन्त्रीले लिए शपथ


२२ श्रावण २०८१, मंगलबार


जनकपुरधाम । मधेश प्रदेशमा मंगलबार थपिएका पाँच राज्यमन्त्रीलाई मुख्यमन्त्री सतिश कुमार सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मधेश भवनमा आयोजित शपथग्रहण समारोह’मा मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी र मन्त्रीहरूको उपस्थितिमा राज्यमन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।

एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामवावु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको शपथ लिएका हुन् ।

यस्तै काँग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको शपथ लिइन् ।

योसँगै मधेशमा मन्त्रीको संख्या २० पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस