काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बेलुका ५ बजे बैठक बोलाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापन समेत गर्नेछ । साथै केही मन्त्रालयहरूका सहसचिवहरूको सरुवासमेत हुन सक्ने पनि बताइएको छ । यद्यपि सूची फाइनल नभै सकेको तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव भने पठाइ सकिएको छैन ।
सम्बन्धित समाचार : एआइजीपीहरुको सरुवा तथा पदस्थापन: सिआइबीमा थापा, उपत्यकामा बज्राचार्य
साथै केही बाङ्लादेशमा विकसित घटना र त्यसले नेपालमा पार्न सक्ने असरबारे पनि छलफल हुन सक्ने एक मन्त्रीले बताएका छन् ।