शैक्षिक सुधार, भगिनी सम्बन्ध स्थापना र व्यापारिक सहकार्यमा महानगरपालिका सकारात्मक : उपप्रमुख डंगोल « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शैक्षिक सुधार, भगिनी सम्बन्ध स्थापना र व्यापारिक सहकार्यमा महानगरपालिका सकारात्मक : उपप्रमुख डंगोल


१४ श्रावण २०८१, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताइन् । सिपिपिसिसीका उपाध्यक्ष दुहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् ।

‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’ उपप्रमुखले भनिन, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’

त्यस क्रममा उपाध्यक्ष दुहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । ‘चीनका ७ वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । मध्य क्षेत्रसँग बाँकी छ ।’ उहनले भने, ‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरु बाँड्न चाहन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस