काठमाडौँ । दुर्घटनाग्रस्त सौर्य एयरको विमानबारे जानकारी लिन गृह मन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । विमान दुर्घटना भएको खबरसँगै गृहमन्त्री लेखक विमानस्थल पुगेका हुन् ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन्।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको सौर्य एयरको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।