निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत प्रदान « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत प्रदान


६ श्रावण २०८१, आइतबार


चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु. दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु. एक करोड राहत रकम हस्तान्तरण गरिएको छ । 

यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई रु. ३२ लाख ४४ हजार एक सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई रु. दुई लाख ४५ हजार चार सय ६८ हस्तान्तरण गरिएको छ । 

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि रु. २४ लाख ९१ हजार सात सय १० राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सेवा बापत रु. ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उनले बताए । घरगोठ क्षतिवापत रु. पाँच लाख ३५ हजार नौ सय ७५ राहत वितरण गरिएको छ । 

अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र रु. ३६ लाख नौ हजार तीन सय ७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस