काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा दुई हजारले बढेर नयाँ रेकर्ड राखेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन एक लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।