काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।
२२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरूलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएको एक मन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।