काठमाडौँ । ५ महिनादेखि तलब भत्ताबाट वञ्चित गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले मेयरलाई गुहारेका छन् ।
विभिन्न वडामा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीले गत फागुनदेखि तलब नपाएका हुन् । पीडित स्वास्थ्यकर्मीले मेयर देवीदत्त कँडेललाई सामूहिक ज्ञापन पत्रसमेत बुझाएका छन् । तलब निकासा नहुँदा आर्थिक संकटमा पुगेको, छोरा छोरीलाई विद्यालय शुल्क तिर्न पनि समस्या भएको उनीहरूको गुनासो छ । असार १५ सम्म तलब निकासा गरिदिन स्वास्थ्यकर्मीको माग छ ।
‘तलब भुक्तानी नभएको हुँदा स्वास्थ्यकर्मीलाई आर्थिक संकट पर्न गई दैनिक यापन गर्न पनि कठिन भई विद्यालयका छोराछोरीको मासिक शुल्क समेत तिर्न नसकी आफैँमा हीनताबोध सृजना हुनका साथै बिरामी भई औषधि उपचारको लागि समस्या सृजना भएको छ ’ मेयरलाई बुझाइएको निवेदनमा भनिएको छ ।
तलब नपाउनेमा सिनियर अहेब निरीक्षक, जनस्वास्थ्य निरीक्षक, अहेब, ल्याब असिस्टेनसमेत २४ जना छन् ।
