काठमाडौँ । प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राज संस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौँ महानगरपालिका ७ बस्दै आएका थिए ।
उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न रहेको परिसरले जनाएको छ ।
उक्त दिन तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आयोजना गरेको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडको घटना भएको थियो ।