काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलको लागि बोलाएको छ ।
बजेट क्रसर तथा खानी व्यवसाय मैत्री नभएको र उद्योगको नवीकरण राज्यले नगरको भन्दै व्यवसायीले आन्दोलन गरिरहेका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंका अध्यक्ष सीताराम न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलका लागि बोलाएको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको उपस्थितिमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा क्रसर उद्योग समस्या समाधान तथा व्यवस्थापन सम्बन्धमा हुने छलफलमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्रतिनिधिको उपस्थितिका लागि पनि अनुरोध गरिएको छ ।








