काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भइरहेको छ । सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको हो ।
कर्मचारी आन्दोलनबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए । आज नै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।
महत्त्वपूर्ण छलफल भइरहेकाबेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको सचिवालयले जनाएको छ । संसद्का कर्मचारीहरू भत्ता माग गर्दै दुई दिनदेखि आन्दोलित भएका छन् ।