२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगीको उजुरीबारे प्रहरीले दिएको जवाफ पत्याउन सकिन्छ ? भन्दै संसदमा उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । सहकारी ठगीबारे कास्की प्रहरीमा पीडितले दिएको उजुरीबारे नेपाल प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफले प्रश्न उठाएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेस सांसद शान्ति परियारले सहकारपीडितको उजुरी अभिलेखमा नभेटिएको भन्ने कास्की प्रहरीको जवाफ जनताले पत्याउन सक्छन् ? भनेर प्रश्न गरेकी छन् ।

दर्ता नम्बर उल्लेख हुँदा पनि प्रहरीले उक्त उजुरी अभिलेखमा नभेटिएको भन्ने प्रहरीको जवाफले आशङ्का उत्पन्न भएको सांसद विकको भनाइ थियो । ‘०८०-८१-०४२६/१२९ जाहेरी दरखास्त २०८० माघ २२ गते दर्ता भएको दर्ता अभिलेखमा नभेटिएको जवाफ महान्यायाधिवक्ताको कार्यालयले दिएको छ, ‘उनले प्रश्न गरिन्, ‘नेपाल प्रहरीले दिएको अभिव्यक्ति पीडित र नेपाली जनताले साँच्चै पत्याउन सक्छ ? नेपाल प्रहरीले दिएको यो अभिव्यक्ति जनताले पत्याउन सक्ने कुरा हो ? यो शब्द सुन्दा जीवी राई सुरक्षित हुने आशङ्का बनाएको छ ।’

सरकारले चाहेर पनि सहकारी ठगीमा संलग्न जीवी राईलाई नेपाल ल्याउन सक्छ त भन्ने प्रश्न पनि उठेको सांसद विकको भनाइ थियो ।

उनले चितवन निर्वाचन क्षेत्र नम्बर २ को सहकारीबाट गोर्खा मिडिया ग्रुपमा ठूलो रकम गएको पनि बताइन् । ‘चितवन क्षेत्र नम्बर २ गृहमन्त्रीले बिना लगानी निर्वाचन जितेर आएको र त्यै क्षेत्र मेरो पनि हो । त्यै क्षेत्र जिल्लाबाट ५० करोड ९९ लाख ९ हजार ३ सय ८ रुपैयाँ बिना धितो नियम विपरीत गोर्खा मिडिया जीवी ग्रुप अफ कम्पनीमा आएको छ, ‘उनले भनिन् ।