२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा झण्डै साढे १६ हजार बैंकिङ कसुरको मुद्दा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।

नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटना बढ्दै गएको जानकारी दिए ।

गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए । आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरू धेरै आएको प्रहरीले जनाएको छ । बैंकिङ कसुरका घटना बढ्दै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए ।

उनका अनुसार बैंकिङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद छ । बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशंका रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको मैनालीले बताए ।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरू उक्त विषयमा केन्द्रित हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुगेको सुनाए ।