१४ किलो सुन प्रकरणमा जिल्लाको आदेश उच्चद्वारा सदर « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१४ किलो सुन प्रकरणमा जिल्लाको आदेश उच्चद्वारा सदर


२४ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना थुनामै रहने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध ८ जना उच्च अदालत पाटन पुगेका थिए । तर, उच्चका न्यायाधीश हरिप्रसाद पौडेल र हेमन्त रावलको बिहीबारको इजलासले जिल्लाकै आदेश सदर गरेपछि उनीहरू थुनामै रहेन भएका हुन् ।

जिल्ला र उच्चको दुवै आदेशबाट थुनामा रहनेहरूमा गोरखाका मीनबहादुर घले, चन्द्र घले, विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत, र कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि थुनामै रहने भएका हुन् । १४ लाख धरौटीमा छुटेका जीवनबहादुर गुरुङको हकमा पनि जिल्लाकै आदेश उच्चले सदर गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिर २०८० मा युएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । त्यसपछि अन्य व्यक्तिहरूको संलग्नता खुलेको थियो ।

उनीहरू सबैलाई सुन तस्करीको मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको २३ पुस २०८० को इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसविरुद्ध उनीहरू उच्च अदालत गएका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरू थुनामै रहने भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस