काठमाडौँ । सरकारले दूध बोक्ने क्यानमा भन्सार छुट घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ १ प्रतिशत मात्र कायम गरेको घोषणा गरेका हुन् ।
दैनिक १ हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने क्यानमा भन्सार महसुल घटाइएको हो ।