पत्रकार महासंघले भन्यो-कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण छ  « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पत्रकार महासंघले भन्यो-कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण छ 


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ।

मंगलबार साँझ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर समाचार फलोअप गर्दै आएकाले गृहमन्त्रीले यो कदम चालेको महास‌ंघको भनाइ छ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व र समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुरको कार्यालय परिसरबाटै पक्राउ गरेको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको उल्लेख गरेको छ। 

‘कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्विकार्दैन। यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस