काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडको पार्किङ हटाएको ठाउँमा फुटपाथ निर्माण गर्ने भएको छ । महानगरपालिकाले साविक पार्किङ हुँदै गरेको स्थानमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको हो ।
महानगरपालिकाका अनुसार न्युरोडदेखि काठमाडौँ दरबार स्क्वायरको गेटसम्म दायाँबाँया ३/३ मिटर फुटपाथ विस्तार गर्न लागेको हो । महानगरपालिकाले न्युरोडमा फुटपाथ बनाउन ३ करोड १९ लाख २० हजार रुपैयाँ लागत अनुमान गरेको छ ।
उक्त अनुमान राखेर महानगरपालिकाले ८ मंसिर २०८० मा टेन्डर आह्वान भएको थियो । जसमा २ करोड ५६ लाख ९५ हजारमा टेन्डर स्वीकृत भइसकेको छ ।