कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्री ? « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्री ?


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ। कोशी प्रदेश सरकारको आजै विस्तार हुने भएको छ । मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।

मुख्यमन्त्रीको शपथ पछि २ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको श्रोतले जनाएको छ । मन्त्रीपरिषदमा माओवादीबाट १ जना र एमालेबाट १ जना मन्त्री बनाउने तयारी छ ।

श्रोतका अनुसार एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउने तयारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस