मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरु


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ। कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए । कार्कीले दाबी पेस गरेको एक घण्टापछि प्रदेश प्रमुखले बोलाएर सनाखत सुरु गरेका हुन् ।

२७ असोजमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाखसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले २६ वैशाख राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस