शपथपछि सांसद सुहाङ नेम्वाङले जनाए यस्ता तीन प्रतिबद्धता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शपथपछि सांसद सुहाङ नेम्वाङले जनाए यस्ता तीन प्रतिबद्धता


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानून परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

बुधबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताए ।

‘इलामको समस्यालाई समाधान गर्नको निम्ति मैले के–के कुराहरू उठाउनुपर्छ भनेर विशेष ध्यान हुन्छ,’ उनले भने ।

विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्र प्रवर्द्धन तथा विकासका लागि कतिपय नीति परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसलाई पनि आफूले ध्यान दिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस