बलात्कार आरोप लागेका जिल्ला अदालतका कर्मचारी धरौटीमा रिहा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बलात्कार आरोप लागेका जिल्ला अदालतका कर्मचारी धरौटीमा रिहा


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ। बलात्कारको आरोपमा पक्राउ परेका दाङ जिल्ला अदालतका एक कर्मचारी धरौटीमा छुटेका छन् ।

अदालतका तहसिलदार निरन्जनवावु पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । थुनछेक बहसपछि पाण्डे शुक्रबार डेढ लाख धरौटीमा छुटेका अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।

साक्षी बकपत्रका लागि जेठ २८ गते अदालतमा उपस्थीत हुन आदेश भएको छ । 

अदालतका जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले डेढ लाख धरौटी माग्दै पाण्डेलाई छोड्न आदेश गरेको वलीले बताए । अदालतको आदेशपछि पाण्डेलाई प्रहरीले छाडिसकेको छ ।

पीडित भनिएकी महिलाले अदालतकै सरकारी क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गराएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस