राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने 


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज अहिले केही बेरमा  बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

प्रदेश सभामा दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिएका छन् ।

गत चैत २५ मा नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री अधिकारीले उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

उनलाई एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । प्रदेश सभामा काँग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

६० सदस्यीय प्रदेशमा सभामुखलाई गणना नगर्दा ३० बहुमत पुग्ने एमालेको दाबी छ । राप्रपाले साथ दिँदा ३० लाई नै बहुमत मानेर जाने एमालेको तयारी छ । काँग्रेसले भने बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुने बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस