मुख्यमन्त्री जम्कट्टेलले भने-शिक्षा क्षेत्रमा रहेको कोटा र इन्ट्रान्स सिस्टम घातक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मुख्यमन्त्री जम्कट्टेलले भने-शिक्षा क्षेत्रमा रहेको कोटा र इन्ट्रान्स सिस्टम घातक


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षामा कोटा र इन्ट्रान्स सिस्टम हटाउनुपर्ने बताएका छन् ।

बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिँदै प्राविधिक शिक्षा क्षेत्रमा रहेको कोटा र इन्ट्रान्स सिस्टम घातक रहेको टिप्पणी गरेका हुन् । मेरिट सिस्टम कार्यान्वयन नगरी कोटा सिस्टमबाट विद्यार्थी अध्यापन गराउने र इन्ट्रान्सको नाममा दुःख दिने काम भइरहेको उनले बताए । कोटा सिस्टम लागु गरेर निजी कन्सल्टेन्सीलाई प्रोत्साहन गर्ने र विद्यार्थी पलायन गराउन केही शक्तिहरू लागिरहेको उनले आरोप लगाए ।

सो सिस्टमको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्ने मुख्यमन्त्री जम्कट्टेलले बताए । आवश्यक परेको खण्डमा मुद्दामा गएर कोटा र इन्ट्रान्सको सिस्टम हटाउने कामको बागमती सरकारले गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस