एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी भएका छन् ।

१०औँ अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रत्याशी श्रेष्ठलाई १० मतले पराजित गरेका छन् । यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् ।

मंगलबार सुरु भएको १० औँ अधिवेशनको एमालेका महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस