२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा

अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी-२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ । न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ ।

स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन् । एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र पनि टोलीमा परेका छन् । रचिन र म्याट हेनरी पहिलो पटक टी-२० विश्वकप खेल्दै छन् । बेन सियर्सलाई १६ औँ खेलाडीको रूपमा समावेश गरिएको छ । यस पटक टी-२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ । न्युजिल्यान्ड टी २० का लागि टोली सार्वजनिक गर्ने पहिलो टिम बनेको छ ।

न्यूजिल्याण्ड टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सैन्टनर, इश सोधी र टिम साउथी । रिजर्व–बेन सियर्स न्यूजिल्याण्ड टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । टी-२० विश्वकप २०२४ को उद्घाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबिच हुनेछ । खेल जुन १ मा डलासमा मात्र हुनेछ ।

प्रतियोगितामा न्यूजिल्यान्डको टोलीले जुन ७ बाट अफगानिस्तानविरुद्धको यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १२ मा आयोजक वेस्ट इन्डिजसँग खेल्नेछ । जुन १४ मा किवी टोलीले युगान्डासँग खेल्नेछ भने जुन १७ मा किवी टोलीले पपुवा न्युगिनीसँग खेल्नेछ । न्यूजिल्याण्ड टी-२० विश्वकपमा समूह ‘सी’ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस