२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय लोक सभा निर्वाचन सुरक्षाबारे नेपाल र भारतका अधिकारीहरूबीच छलफल

अ+ अ-

बाँके । भारतमा हुन लागेको लोक सभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको छ । 

बाँके र दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिस्ट्रिक मजिस्ट्रेट कृतिका शर्माबिच बिहीबार भएको समकक्षी समन्वय बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको हो । आगामी जेठ १२ (मे २५)मा श्रावस्ती जिल्लामा भारतीय लोक सभा निर्वाचन हुँदै छ । 

बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयसँगै अवैध हातहतियार ओसार पसार, लागू औषध नियन्त्रण, मानव तस्करी र सीमा क्षेत्रमा हुन सक्ने अन्य अपराधका गतिविधि नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त निगरानी गर्ने, चेक पोइन्ट स्थापना, संयुक्त गस्ती पट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सिधा सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । लोकसभा निर्वाचनको दौरान दुवै सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, ७२ घण्टालाई सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण र उपभोगमा रोक लगाउने सहमति भएको छ ।

अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्सलगायतलाई नरोकिने प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस