२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित ११ अधिकृतको सरुवा

अ+ अ-

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत सहित ११ अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार बाँकेको डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीलाई राप्तीसोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत तेजिन्द्र गौतमलाई बर्जु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।

यसैगरी बैजनाथ गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवलाई गृह मन्त्रालय, जाजरकोटको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रशन्नदीप राईलाई थुलुङ दुधकोशी गाँउपालीका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ ।

त्यस्तै तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढा थापालाई जिल्ला समन्वय समिति जुम्ला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत विनोद कुमार भण्डारीलाई जहदा गाउँपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृत, पचरौता नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर कुमार सिंहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति प्युठानमा कार्यरत हरि प्रसाद पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत मेघनाथ सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस