२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो  

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीको पोस्टमा ५ गोल गरेको हो । 

जितसँगै स्पष्ट ३ अंक थपेको आर्सनलले प्रिमियर लिग तालिकामा एकै खेलबाट ३ अंकको अग्रता लिएको छ । आर्सनल ३४ खेलबाट ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिदा दोस्रो स्थानमा रहेको लिभरपुल ३३ खेलबाट ७४ अंक बनाएर बसेको छ । आर्सनलसँग पराजित भएको चेल्सी भने ३२ खेलबाट ४७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ । मंगलबार रातिको खेलमा आर्सनललाई जिताउन बेन ह्वाइट र केइ हार्भाटेजले दुई,दुई गोल गर्दा लियोनार्दो ट्रोसान्डले एक गोल थपेका थिए । आर्सनको घरेलु मैदानमा ट्रोसान्डले डेक्लन राइसको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको आर्सनले बाँकी चार गोल दोस्रो हाफमा गरेको थियो ।

५२ औं मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा हार्भाटेजले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै अग्रता तेब्बर बनाए । उनै हार्भाटेजले बकायो साकाको पासमा ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । ७९ औं मिनेटमा ओडेगार्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ५–० ले विजयी भयो ।

प्रिमियर लिगमा आज चार खेल हुने छन् । राति साढे १२ बजे वुल्भ्स र बर्नमाउथ भिड्दा पौने १ बजे क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेड, एभर्टन र लिभरपुल तथा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड आमने सामने हुने छन् । 

प्रतिक्रिया दिनुहोस