काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा काँग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।